आज नखुल्ने भो पाल्पा-बुटवल सडक, पुरिएको ट्रक निकालियो

आज नखुल्ने भो पाल्पा-बुटवल सडक, पुरिएको ट्रक निकालियो

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको डुम्रे नजिकैको पहिरोमा पुरिएको ट्कको निकालिए पनि सडक खुल्न सकेको छैन।

पहिरो ठूलो हुँदा र पहिरो खस्ने क्रम नरोकिँदा सडक खुल्न नसकेको हो। प्रहरीले सडक आज (शनिबार) खुल्ने सम्भावना नरहेको बताएको छ ।

पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पहिरो खसेपछि पुरिएको थियो। पहिरो खसेको स्थाना पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिक हो ।

जुन ठाउँको पारीपट्टी पिकनिकका लागि यूवाहरु जुट्ने गर्दथे। ट्रक पुरिँदा मानवीय क्षति भने भएको छैन। बुटवलबाट गुल्मीका लागि खाद्यान्न र खाना पकाउने ग्याँस ढुवानी गरेको ट्रक हो ।

डोजरको प्रयोग गरी पहिरोले पुरिएको ट्रक र ट्रकमा रहेको खाद्यान्न निकालिएको प्रहरी चौकी, पाल्पाका सई एक्क बहादुर नेपालीले जानकारी दिए। उनका अनुसार तत्काल सडक खुल्ने संभावना छैन। पहिरो ठूलो छ, खस्न पनि रोकिएको छैन उनले भने, यो अवस्था कायम रहे आज त के कुरा भोलि पनि सडक नखुल्न सक्छ। तथापि पहिलो पन्छाउने प्रयास भने भइरहेको सई नेपालीले बताए ।

उक्त ठाउँमा बाइपास सडक नभएका कारण यातायातका साधनहरु दुबैतर्फ लामबद्ध छन्। सजिलो गरी पैदल हिडेर समेत पहिरो पार गर्ने अवस्था नरहेको स्थानिय शिक्षक सुन्दर गाहाले जानकारी दिए ।

तीन बर्षअघि पनि उक्त ठाउँमा माथिबाट डुंगा खस्दा माटेरसाइकलमा रहेका पाल्पा तानसेनका एक ढाका व्यवशायीको मृत्यु भएको थियो । 


Leave a Reply

Your email address will not be published.