प्रहरीद्वारा बेवारिसे कुखुराका चल्ला नष्ट
रूपन्देहीमा बेबारिसे रुपमा भेटिएका कुखुराका चल्ला प्रहरीले खाल्डोमा पुरेर नष्ट गरेको छ। शनिबार बिहान रूपन्देहीको रोहिणी गाउँपालिका ३ परासी झुमामा प्रहरीले बेबारिसे अवस्थामा १०० कार्टुन चल्ला बरामद गरेको थियो।
भारतबाट अबैद्य रुपमा नेपाल तर्फ ल्याएको कुखुराको करिब १ हजार चल्ला प्रहरीलाई देखेपछि चल्ला ल्याउने व्यक्ति भागेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटीएको प्रहरी टोलीले फेला पारी ति कुखुराका चल्ला स्थानीय मानिसको रोहबरमा
बरामद गरी पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाइएको थियो।
ती चल्लाहरू खाल्डोमा पुरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ खडकबहादुर खत्रीले जानकारी दिए।