चार घन्टा बसेको नेकपा सचिवालय बैठक निष्कर्षविहीन
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समिति बैठक सकिएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चार घन्टा बैठक बसे पनि ठोस निर्णय केही भएन।
श्रेष्ठले समग्र पार्टीका समस्या तथा एजेन्डाहरूबारे छलफल भएको र बाँकी अब भोलिको स्थायी समितिबाटै टुंगो लाग्ने बताए। ‘सबै विषयवस्तुमा छलफल भएको छ, बाँकी भोलिको बैठकमा कुरा हुन्छ,’ श्रेष्ठले भने।
स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन दबाब छ। उनी राजीनामा दिने मनस्थितिमा छैनन्। सोही कारण ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच लामो समयदेखि संवाद जारी रहे पनि निष्कर्ष निस्किएको छैन।
स्थायी समिति बोलाउनुअघि शनिबार सचिवालय बैठक बोलाइएको थियो। सचिवालयका ९ मध्ये ६ जना नेता ओलीको राजीनामा पक्षमा छन्।