बाँकेको नरैनापुर, डुडुवा र जानकी गाँउपालिका कोरोना मुक्त

बाँकेको नरैनापुर, डुडुवा र जानकी गाँउपालिका कोरोना मुक्त

बाँकेको तीन वटा गाउँपालिका कोरोना मुक्त भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको नरैनापुर, डुडुवा र जानकी गाँउपालिका गरि तीन  गाँउपालिका कोरोना मुक्त भएका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बाँकेको नरैनापुर, डुडुवा र जानकी गाँउपालिका गरी तीन वटा गाँउपालिका कोरोना मुक्त भएको बताए। बाँकेमा शनिबार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै यी ३ गाँउपालिका कोरोना मुक्त भएका हुन्।

बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या शनिबारसम्म ३ सय ६६ पुगेको छ। बाँकेमा १५ जना संक्रमित मात्र आइसोलेसनमा रहेका छन्। 

आइसोलेसन सेन्टर पिपरी कोहलपुरबाट कोहलपुर नगरपालिकाका २ जना पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट जानकी गाउँपालिकाकी एक महिला, आइसोलेसन केन्द्र फत्तेपुरबाट राप्तीसोनारीका एक पुरुष र आइसोलेसन केन्द्र बनकटुवाबाट एक जना पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिए।

उनले संक्रमित नभएको अवस्थामा आईशोलेशन पनि धमाधम बन्द गर्न थालिएको बताए। उनले खजुरारोडको लायन्स डेन्टल अस्पताल र कृषि तालिम केन्द्र खजुराको आईशोलेशन सेन्टर बन्द गरिएको जानकारी दिए। हाल सञ्चालनमा रहेका १२ वटा मध्ये १० वटा खालि रहेका छन्।


Leave a Reply

Your email address will not be published.