देशभर झरी, आगामी तीन दिन कस्तो रहला मौसम?

देशभर झरी, आगामी तीन दिन कस्तो रहला मौसम?

मनसुनी न्यून चापीय रेखा तराई नजिक भएकाले देशभर सामान्य वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर कतै सामान्य र कतै भारी वर्षा भइरहेको छ। 

आगामी २४ घण्टाभर वर्षाको सम्भावना भएका कारण सावधानी अपनाउन विभागले सचेत गराएको छ। 

देशभर मौसम परिवर्तन भई सामान्य वर्ष हुनुका साथै प्रदेश नम्बर दुई, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा र प्रदेश नम्बर एक र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

आगामी तीन दिनको मौसम यस्तो छ-
आइतबार

दिउँसो ः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना। प्रदेश २,बागमती प्रदेश, गण्डकी  प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावनो छ।

राति ः  देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको। प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ का थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको। प्रदेश १, प्रदेश २, बागमती प्रदेश,  प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा र गण्डकी  प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

 मंगलबार

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी  प्रदेश  र कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published.