प्युठानमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित सात मजदुरकाे मृत्यु 

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित सात मजदुरकाे मृत्यु 

प्युठानको स्वर्गद्वारी मन्दिर नजिकै एउटा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका-२ स्थित भीङ्ग्री–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार लु २ ट ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरु साेही सडक बनाउन खटिएका मजदुर थिए।

मृतकमा रोल्पा रुन्टीगढी गाउँपालिका-५ का ६ जना र रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए।

दुर्घटनामा परेका रोल्पाकै विशाल थापा हाम फालेर बाच्न सफल भएका छन्। उगका अनुसार मृत्यु हुने सबै पुरुष छन्।

साउने संक्रान्ति मनाएर काममा फर्कदै गरेका कामदारहरु दुर्घटनमा परेका हुन्। ट्रयाक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। 

ज्यान गुमाएकाहरुकाे शव निकाल्ने काम भइरहेकाे डीएसपी कार्कीले जानकारी दिए। हुस्सु लागिरहेका कारण उद्धारमा कठिनाइ भएको उनले बताए। दुर्घटनमा ज्यान गुमाउनेहरुको पहिचान खुल्न सकेको छैन। 


Leave a Reply

Your email address will not be published.