भरोसाले बढाउँछ आयु
भरोसाले आत्मविश्वासी मात्रै होइन, केही हदसम्म सन्तुष्टि पनि दिन्छ।
भरोसाले आशावादी मात्रै नभई सकरात्मक सोचको समेत विकास गर्छ।
अन्जान मान्छेको भर पर्दा खुसी मात्रै होइन, आयु समेत बढ्ने एक अध्ययनले देखाएको छ।
अमेरिकी वैज्ञानिकले गरेको एक सर्वेक्षण अनुसार अन्जान मान्छेप्रति भरोसा गर्दा केही हदसम्म आयु बढ्ने देखाएको छ।
भरोसा तथा विश्वासले मन शान्त हुने र शंका आशंकामा कमी आउँछ।
मनमा कुनै किसिमको जोड नपर्ने भएका कारण भरोसा गर्दा १३ प्रतिशत हृदयघातको खतरा कम हुने सर्वेक्षणले देखाएको छ।
साथै भरोसा र विश्वासले व्यक्तिको भावना, अन्दाज र अरुलाई हेर्ने तरिकामा परिवर्तन ल्याउँछ। यसले मान्छेको सोचलाई सकारात्मक बनाउँछ।
स्टकहोम युनिर्भसिटीका सोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन्।
लामो समयसम्म गरिएको उक्त अनुसन्धानमा सोधकर्ताहरुले सहभागीहरुलाई अन्जान मानिसप्रति विश्वास गर्ने नगर्ने वा देख्न वित्तिकै शंका आशंका गरी निगरानी गरिहाल्ने जस्ता प्रश्न सोधेका थिए।
यो प्रश्नमा ३७ प्रतिशत सहभागीहरुले अनजानहरुप्रति तुरुन्तै विश्वास गर्ने बताएका थिए।
२४ हजार सहभागीहरुमध्ये ५८ प्रतिशतले अन्जनहरुबाट सतर्क रहने प्रयास गर्ने गरेको तर, त्यो सम्भव नभएको बताए भने ५ प्रतिशतले कुनै मत राखेनन्।
अन्जानसँग मित्रता गाँस्न पुरुष अघि
अध्ययनले महिलाको तुलनामा अन्जानहरुप्रति विश्वास गर्नेहरुमा पुरुषहरु अघि रहेको देखाएको छ। साथै विवाहित र उमेर पुगेकाहरुले बढी विश्वास गर्ने गरेको छ।
सोधकर्ताहरुले अरुको राम्रो व्यवहार देख्दा सर्वसाधारण परिवर्तन भई आफ्नो जीवनको उतारचढावबाट बाहिरिन सहयोग पुग्ने बताएका छन्।
शंका गर्नेहरु बढी नशा गर्ने
शंका गर्नेहरुको शरीरमा तनावको मात्रा बढाउने कार्टिसोल हार्मोनको मात्रा बढी हुन्छ। यस्तो शंकालु बानीका कारण हृदयघात हुनसक्ने उनीहरुले बताएका छन्। यस्ता शंका गर्नेहरु तनाव कम गर्न धुम्रपान तथा मद्यपानको साहारा लिन्छन्। जसको कारण उनीहरु अरुप्रति विश्वास गर्न सक्दैनन्।