ट्याक्टर दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु, जो सडक बनाउन हिँडेका थिए

ट्याक्टर दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु, जो सडक बनाउन हिँडेका थिए

प्युठानमा शनिबार राति ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुलेको छ।

स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको ज्यान जानुका साथै एक जना घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र कुमार कार्कीका दुर्घटनामा रोल्पाको रुन्टीगढी गाउँपालिका-५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बाठामगर, २५ वर्षीय कविराज बस्नेत छन्।

चालक रोल्पाकै त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवरको पनि ज्यान गएको छ।

रोल्पाकै विशाल थापा हाम फालेर बाच्न सफल भएका छन्। उनी घाइते भएका छन्।

साउने संक्रान्ति मानेर काममा फर्कने क्रममा उनीहरु दुर्घटनामा परेका हुन्। मृत्यु भएका भिंग्री स्वर्गद्वारी मोटरबाटो स्तरोन्नति गर्ने कामदार हुन्। ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको छ।

रातभर पानी परेका कारण उद्धार गर्न नसकेको र अहिले नेपाली सेना, नेपाल प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार : प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सातकाे मृत्यु 


Leave a Reply

Your email address will not be published.