सुनको भाउ तोलामा ३ सयले बढ्यो
नेपालमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ९२ हजार ५ सय कायम भएको छ। गत शुक्रबार प्रतितोला ९२ हजार २ सयमा किनबेच भएको थियो।
गत शुक्रबारभन्दा बिहीबार भाउ बढी थियो। बिहीबार सुन प्रतितोला ९२ हजार ७ सयमा किनबेच भएको महासंघले जनाएको छ।
चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला ९ सय ९५ रुपैयाँमा किनबेच भएकोमा आइतबार १ हजार ५ रुपैयाँ कायम भएको छ।