१५ लाख नक्कली नेपाली नोटसहित बाराबाट तीन पक्राउ

१५ लाख नक्कली नेपाली नोटसहित बाराबाट तीन पक्राउ

नक्कली नेपाली नोट कारोबारमा संलग्न तीन जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। 

प्रहरीका अनुसार १५ लाख ५५ हजार ४०० थान नक्कली नोटसहित शनिबार तीन जनालाई नियन्त्रणमा लिइएको हो। 

पक्राउ पर्नेमा मोतिहारी थाना मजौर पञ्चायत जमुनिया ग्राम कुरैया भारतका २५ वर्षीय सुधीरकुमार कुशवाह, बारा सिम्रनगढ नगरपालिका-४ का २६ वर्षीय मनोज साह तेली र बारा आदर्श कोटवाल गाउँपालिका-६ पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाह छन्। 

लागुऔषध नियन्त्रण ब्युरोले उनीहरूलाई बारा महागढीमाई नगरपालिका-२ बरियापुरबाट मोटरसाइकद्यसहित पक्राउ गरेको हो। ब्युरोका अनुसार उनीहरूको साथबाट एक हजार दरका १५७० र एक सय दरका ७४४ थान नक्कली नोट फेला परेका थिए। 

त्यसैगरी, उनीहरूको साथबाट एक लाख ८३ हजार भारू समेत बरामद भएको छ। उनीहरू सवार ना५४प ३८०५ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.