स्थायी समिति बैठकअघि दाहाल निवासमा तीन नेता 

स्थायी समिति बैठकअघि दाहाल निवासमा तीन नेता 

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकअघि अध्यक्ष पुष्पकमल दाहालसहित तीन सचिवालय सदस्यहरूको बैठक सुरू भएको छ। 

अध्यक्ष दाहालको निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल चलिरहेको हो। आज दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाइएको छ। हिजोको बैठकमा दाहाल र प्रधानमन्त्री केपी ओली मिलेको बुझेका खनाल-नेपाल दाहालसँग सशंकित छन्। 

‘मन माझामाझ’ भएको आरोप लागेपछि दाहालको सचिवालयले खण्डन गरेको थियो। तथापि, त्यो कुराबाट सन्देह उत्पन्न भएपछि तीन नेता दाहालसँग छलफल गर्न पुगेको स्रोतले जनायो। दाहालले प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको भनी नेपाललाई आश्वस्त पार्न खोजे पनि उनले शंका गरेका छन्।


Leave a Reply

Your email address will not be published.