ठोरीमा उखेलिएकाे सीमास्तम्भ गाडियो

ठोरीमा उखेलिएकाे सीमास्तम्भ गाडियो

पर्साको ठोरी गाउँपालिका–२ स्थित सीता गुफा नजिक नेपाल भारत सिमा क्षेत्रमा अज्ञात समुहले फालेको सिमा स्तम्भ पुनः गाडिएको छ। 

दशगजा नजिक रहेको सीता गुफामा शनिवार मध्याह्न १२ बजेसम्म स्थानीयले विशेष पूजा गरेका थिए। पूजा अर्चनापछि स्थानीयहरू आआफ्नो घर गएपछि ३५ नम्बरको त्यो स्तम्भ उखेलेर फ्याँकिएको थियो। 

सीता गुफाबाट पूजा अर्चना गर्ने टोली निस्किएलगत्तै ठूलो सङ्ख्यामा नेपाल भारती दुबै देशमा सीमा सुरक्षा बलको टोली पुगेको थियो। 

नेपाल–भारत दुबै तर्फका सिमा सुरक्षा बलका स्थानिय अधिकारी जनप्रतिनिधि र नागरिक अगुवाको स्तम्भ पुरानै ठाउँमा गाडिएको हो। 

घटनापछि सीमामा निगरानी बढाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए। 

सिमास्तम्भ उखेल्ने समुहको पहिचान गरी कार्यवाही गर्ने र सिमा स्तम्भको सुरक्षाम निगरानी बढाउने नेपाल भारत दुबै पक्षबीच सहमती भएको इलाका प्रहरी कार्यलय ठोरीले जनाएको छ। 
 


Leave a Reply

Your email address will not be published.