गण्डकीमा कोरोना संक्रमित संख्या १३ सय नाघ्यो

गण्डकीमा कोरोना संक्रमित संख्या १३ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय नाघेको छ। आइतबार बिहान १२ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय दुई पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ६ र लमजुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो।

कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना छन्। त्यस्तै लमजुङको मध्यविन्दु नगरपालिकाका दुई, बेशीशहर, राइनास, दुधपोखरी र सुन्दरबजारका एक-एक जना छन्। 

गण्डकी प्रदेशमा संक्रमितमध्ये ९ सय ३८ जना निको भएका छन् भने चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक÷एक जना छन्।
 


Leave a Reply

Your email address will not be published.