५ करोडमा झापामा फुटबल एकेडेमी

५ करोडमा झापामा फुटबल एकेडेमी

झापामा फुटबल प्रशिक्षणका लागि फुटबल प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) स्थापना गरिने भएको छ।

झापा-११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङका अनुसार एकेडेमीका लागि पाँच करोड बजेट विनियोजन भएको छ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा उनले एकेडेमीका लागि चारवटा खेल मैदान, भवन, कार्यालय निर्माण गरिने बताए। खेलाडी उत्पादन  गर्ने उद्देश्य एकेडेमीले राखेको  छ।

मच्छिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश कटवाल र बाँसबारी क्लबका मुख्य प्रशिक्षक युगलकिशोर राईलाई एकेडेमीमा आवद्धताको तयारी भइरहेको छ। उनीहरु दुबै यसअघि झापा-११ का प्रशिक्षक थिए।

झापा -११ का पूर्वखेलाडी समेत रहेका उनीहरु एएफसी ए का  प्रशिक्षक हुन्।

लामो गृर्हकार्य पछि एकेडेमी सञ्चालनको योजना बनेको झापा-११ का सचिव चेतामणि खनालले बताए।


Leave a Reply

Your email address will not be published.