नेकपा स्थायी समिति बैठक फेरि स्थगित, ६ गते बस्ने

नेकपा स्थायी समिति बैठक फेरि स्थगित, ६ गते बस्ने

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ। बैठक स्थगित भएकाे याे छैठाै पटक हाे। 

आज अपराह्न ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए। बैठक अब साउन ६ गते बस्ने छ।

यसअघि शनिबार बसेको सचिबालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेका थिए। 
त्यसपछि आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। 


Leave a Reply

Your email address will not be published.