विकास समितिका सभापतिको आरोप-अदालत विकासमैत्री भएन

विकास समितिका सभापतिको आरोप-अदालत विकासमैत्री भएन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले अदालत विकासमैत्री नभएको आरोप लगाएकी छन्।

काठमाडौं उपत्यकाकै निर्माणाधीन पुलको उदाहरण दिँदै उनले विकास निर्माणका काममा अदालत सहयात्री बन्न नसकेको बताएकी हुन्।

समितिको आइतबारको बैठकमा  निर्माणाधीन तीनकुने, टेकु, बागमती लगायतका पुलका विषयमा छलफल भएको थियो।

‘विकास निर्माणका काम गर्दा विभिन्न समस्या आउछन् अति आवश्यक काम भए पनि अदालतले काम अडकाइदिन्छ,’ उनले भनिन्, ‘सोही प्रयोजनका लागि गरिएका काममा पनि विपक्षमा फैसला गरिदिन्छ।’  

विकास निर्माणमा अदालतले सहयोग नगरेको उनको आरोप छ।

सभापति खड्काले काठमाडाैं उपत्यकामा मात्र नभइ हुलाकी र मध्यपहाडी राजमार्गका पुल समेत समयमै बन्न नसकेकाे बताइन्।

'हामी किन समयमै टुंगोमा पुग्न सक्दैनौँ। नियमाली संशोधन भयो। समितिले पटक-पटक निर्देशन दिएकाे छ तर किन समयमै काम सम्पन्न हुन्न,' उनले भनिन्, 'नीतिगत समस्या छ भनेर प्रष्ट भन्नु पर्याे हाेइन भने किन काम हुँदैन।'

सरकारले  ३ सयमध्ये १ सय पुल तयार भएकाे तथ्यांक प्रस्तुत गरे पनि राजधानीमै बनिरहेका पुलले गिज्याएकाे उनकाे भनाइ छ।

सभापति खड्काले कुनै एक क्षेत्रलाई मात्र दाेषी देखाएर पन्छिन नमिल्ने बताइन्।

सरकारी निकाय, प्राविधिक, निर्माण व्यवसायी र अदालतका कारण कहाँकहाँ निर्माणकाे काम अड्केकाे छ यसबारे अध्ययन एवं समीक्षा हुनुपर्ने उनकाे भनाइ छ।
 


Leave a Reply

Your email address will not be published.