सुवर्ण ज्वारचन बनिन् सांसद, सभामुखले सपथ खुवाए
नेपाली कांग्रेसकी नेत्रृ सुवर्ण ज्वारचन समानुपातिक सांसद बनेकी छन्।
कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको गत असार १७ निधन भएपछि रिक्त स्थानमा उनी सांसद नियुक्त भएकी हुन्।
गुल्मीकी ज्वारचनलाई आइतबार दिउँसो दुई बजे सभामुख अग्नि सापकोटाले सांसद पदको सपथ ग्रहण गराए।
समानुपातिक तर्फको कुनै सदस्यको निधन भएमा सोही समावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ।