हतियारधारी भारतीयको आक्रमणमा दुई सशस्त्र प्रहरी घाइते 

हतियारधारी भारतीयको आक्रमणमा दुई सशस्त्र प्रहरी घाइते 

झापाको गौरीगञ्ज ५ स्थित फत्तेपुरमा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा हतियारधारी  भारतीय समूहले आक्रमण गरेको छ।

शनिबार राति भएको आक्रमणमा सशस्त्र प्रहरीका दुई जना जवान घाइते भएका छन्।  

१५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ। 

सरसामान वारिपारि गर्न पाउनुपर्ने भन्दै राति करिब ५० जनाको समूहमा आएको भारतीयले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कन्ट्रोल टोलीमाथि हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको जनाइएको छ।

हवाइ फायरपछि तितरबितर भएका उनीहरु भारततर्फ भागेको र अहिले भारतीय सीमा सुरक्षा बलसँग घटनाबारे समन्वय भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।    

अहिले  शसस्त्र प्रहरी बल सीमा सुरक्षा बल झापाका प्रमुख एसपी रेशम थाक्सु घटनास्थल पुगेका छन्। घटनाको बिस्तृत विवरण आइसकेको छैन।
 


Leave a Reply

Your email address will not be published.