इरानमा एक डलरकाे मूल्य २ लाख ५५ हजार ३ सय रियाल

इरानमा एक डलरकाे मूल्य २ लाख ५५ हजार ३ सय रियाल

इरानकाे मुद्रा रियालमा भारी गिरावट आएकाे छ। गैरआधिकारिक बजारमा रियाल अमेरिकी मुद्रा डलरकाे तुलनामा भारी गिरावटसँगै सबै रेकर्ड ब्रेक भएका छन्।

अमेरिकी प्रतिबन्ध र कोरोना भाइरसकाे महामारीका कारण याे वर्ष इरानी मुद्रा रियालमा लगभग ४८ प्रतिशत गिरावट आएकाे हाे।

फरेन एक्सचेन्ज साइट बाेनबस्ट डटकमका अनुसार शुक्रबार एक डलरकाे मूल्य दुई लाख  ४२ हजार पाँच सय रियाल थियाे। तर शनिबार बढेर दुई लाख ५५ हजार तीन सय रियाल पुगेकाे छ।

आर्थिक अखबार दुनियाँ-ए-एक्तेसादका अनुसार शनिबार एक डलरकाे मूल्य गैरआधिकारिक बजारमा दुई लाख ५२ हजार तीन सय रियाल रह्याे।  शुक्रबार एक डलरका लागि दुई लाख ४१ हजार तीन सय रियाल दिनु पर्दथ्याे।

सन् २०२० मा रियाल लगभग ४८ प्रतिशतले गिरावट आएकाे हाे।

ईरानकाे आधिकारिक बजारमा पनि  एक डलरकाे भाउ ४२ हजार रियाल छ।


Leave a Reply

Your email address will not be published.