शाओमीको मी राउटर ४ सी नेपाली बजारमा

शाओमीको मी राउटर ४ सी नेपाली बजारमा

शाओमीले मी राउटर ४ सी सार्वजनिक गरेको छ। शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आइतबार मी राउटर ४ सी सार्वजनिक गरेको हो।

शाओमीको मी राउटर ४ सी सार्वजनिक गर्दे शाओमी नेपालका लागि जनरल म्यानेजर सौरभ कोठारीले हाओमी नेपालमा गैरस्मार्टफोन उत्पादनहरू भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउन प्रतिबद्ध रहेको बताए 

‘देशमा द्रूर्त बृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केहि कमी देखेकाले मी राउटर ४ सी सार्वजनिक गरेका हौं। आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मूल्यका साथ मी राउटर ४ सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने आशा गरेका छौं,’ कोठारीले भने।

राउटर ४ सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ। यो नेपालमा पहिलो स्मार्ट राउटर हो। जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाईफाई एपबाट पहुँच गर्न सकिन्छ।

मी राउटर ४ सी प्रत्येक घरको सेटिङ्गमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएका र  घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४ उच्च लाभ बाह्य एन्टेनाले सुसज्जित रहेको कोठारीले जानकारी दिए।

मी राउटर ४सीले ८०२.११ एन वाईफाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४ सी अधिकतम ३ सय एमबिपिएसको नेटवर्क गतिसम्म पुग्न मद्दत गर्छ।

मी राउटर ४ सी मा भएको डुअल कोर सिपियू र ६४ एमबी ठूलो -यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्छ। मी वाईफाई एपमार्फत प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्ने र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिङ्ग जस्ता स्मार्ट फङ्‌सन एरियामा पहुँच गरी काम गर्न सक्छन्। मी राउटर ४ सी २ हजार ३ सय ९९ मा पाइने छ। 


Leave a Reply

Your email address will not be published.