मेलम्चीमा बगेर मृत्यु भएका इन्जिनियर परिवारलाई ‘न्याय’काे माग

मेलम्चीमा बगेर मृत्यु भएका इन्जिनियर परिवारलाई ‘न्याय’काे  माग

मेलम्चीमा बगेर मृत्यु भएका इन्जिनियर सतीश गोइतलाई न्याय दिलाउन माग गर्दै जनकपुरका युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। कर्तव्यपालनकै क्रममो ज्यान गुमाउनु परेको भन्दै स्थानीय युवाहरूले सतीशलाई न्याय दिलाउन सरकारसँग माग गरेका हुन्।

जनकपुरका युवाहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई आइतबार ज्ञापन पत्र बुझाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रशान्त झा, मनिष कर्ण, किसन साह, दीपक यादव, निरज विक्रम, गौतम यादव, जीतेन्द्र साह, मनिष यादवलगायतका युवाहरूले प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

सतीशलाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, खानेपानी मन्त्री बिना मगरले राजीनामा दिनुपर्ने उनीहरूले ज्ञापन पत्रमा माग गरेका छन्। मेलम्ची आयोजनामा भएको गुणस्तरहीन कामका कारण सतीश सुरुङमा बगेर बेपत्ता भएको युवाहरूको आरोप छ। 

मेलम्ची आयोजनामा भएको अनियमिततामा खानेपानी मन्त्री मगरको संलग्नता रहेको भन्दै उनीहरूले राजीनामाका माग गरेका छन्। यसअघि शुक्रबार युवाहरूले खानेपानी मन्त्री मगरको राजीनामा माग्दै पुतलासमेत जलाएका थिए।

मेलम्ची खानेपानी आयोजनको सुरुङ निरीक्षण गर्न गएका सतीश १७ नम्बर गेट फुट्दा मंगलबार बेपत्ता भएका थिए। सतीशको शव बुधबार अपरान्ह मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिक फेला परेको थियो। उनीसँगै वेपत्ता भएका सवारी चालक राधाकृष्ण थापा मगर अझै वेपत्ता छन्।

सुरुङ निरीक्षण गरेर फर्कने क्रममा गेट भत्किँदा सतिश र राधाकृष्ण वेपत्ता भएका थिए।

यो पनि,

मेलम्चीमा बगेको इन्जिनियर-सपना

जनकपुरमा मागियो खानेपानी मन्त्री मगरको राजीनामा


Leave a Reply

Your email address will not be published.