पाल्पा–बुटवल सडक तीनदिनपछि एकतर्फी खुल्यो

पाल्पा–बुटवल सडक तीनदिनपछि एकतर्फी खुल्यो

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्ड तीन दिनपछि खुलेको छ। पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिक पहिरो जादा तीन दिनदेखि सडक सुचारु हुन सकेको थिएन।

डुम्रे नजिकै पहिरोमा पुरिएको ट्रक निकालिए पनि सडक खुल्न सकेको छैन। पहिरो ठूलो हुँदा र पहिरो खस्ने क्रम नरोकिँदा सडक खुल्न नसकेको हो। प्रहरीले सडक आज पूर्ण रुपमा खुल्ने संभावना नरहेको बताएको छ।

तानसेन र बुटवलबाट डोजर झिकाई पहिरो हटाएपछि अपरान्ह ५:३० बजेदेखि सडक एकतर्फी रुपमा सुचारु भएको प्रहरी चौकी प्रर्भास, पाल्पाका सई एक्क बहादुर नेपालीले जानकारी दिए। उनले पहिरो नखसे पुनः सोमबार दोहोरो गाडी चल्नेगरी पहिरो हटाइने बताए।

पहिरोले बुटवलबाट गुल्मी  हिडेको लु१क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पहिरो खसेपछि पुरिएको थियो। ट्रक पुरिए पनि मानवीय क्षति भने भएको थिएन। ट्रक भित्र रहेको सामान शनिबार डोजरको सहयोगमा निकालिएको थियो। 


Leave a Reply

Your email address will not be published.