नेवार समुदायले मनाए गथाँमुगः च:ह्रे
नेवार समुदायको वर्षकै पहिलो पर्वको रूपमा आइतबार गथाँमुगः च:ह्रे मनाएका छन्। सामूहिक रुपमा मनाइने यो पर्व यो वर्ष भने कोरोना कहरका बीच केही घर र टोलसम्ममात्रै सिमित भयो।
नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्व र गथांमगलाई वर्षको पहिलो पर्वको रूपमा लिइन्छ। साउन कृष्णपक्षको चतुदर्शी तिथिका दिन पर्ने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ।