पेट्रोलियम पदार्थको मूल्य बृद्धिप्रति नेविसं‍‍‍घ (बिपी) को आपत्ति

पेट्रोलियम पदार्थको मूल्य बृद्धिप्रति नेविसं‍‍‍घ (बिपी) को आपत्ति

नेपाली कांग्रेस (बिपी) को भातृ संगठन नेपाल विद्यार्थी संघ (बिपी) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा आपत्ति जनाएको छ।

असार महिनामै दुई पटक पेट्रोलिम पदार्थको म‍ूल्य बृद्धि गरिएको भन्दै संघले आपत्ति जनाएको हो। पार्टीका महामन्त्री बिकास पाण्डेको नेतृत्वमा गएको विद्यार्थी समूहले आयल निगमलाई तत्काल म‍ूल्य फिर्ता गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ।

लकडाउनले जनजीवन प्रभावित बनिरहेको समयमा आयल निगमले आफू अनुकुल मूल्य बृद्धि गर्नु गैरजिम्मेवार भएको उसको ठहर छ। संघले सात दिनभित्र बढाइएको म‍ूल्य फिर्ता गर्न माग गरेको छ।


Leave a Reply

Your email address will not be published.