शिक्षा संकट समाधानमा सरकार पूर्ण असफल : कांग्रेस

शिक्षा संकट समाधानमा सरकार पूर्ण असफल : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोरोना अनुगमन केन्द्रीय समितिले शिक्षासँग सम्बद्ध संघ संस्था र पदाधिकारीहरूसँगको छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिले शिक्षासँग सम्बद्ध संघ संस्था र पदाधिकारीसँग आज 'शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधान सहितको अबको बाटो' बिषयमा छलफल गरेको थियो।

छलफलबाट विशेष सावधानी अपनाएर शैक्षिक गतिविधी सञ्चालन गर्न सरकारलाई दबाब दिने निष्कर्ष निकालिएको बताइएको छ। 

छलफलमा बोल्दै समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा. प्रकाशसरण महतले सरकारले शिक्षा क्षेत्रमा ध्यान पु-याउन नसकेको आरोप लगाए। उनले शिक्षा संकट समाधानमा सरकार पूर्ण असफल बनेको बताए।

 शैक्षिक क्षेत्रका सरोकारवालाले बिभिन्न बिकल्पका साथ शैक्षिक गतिविधी गर्न आफूहरू तयार रहेको बताएका थिए। 

सरकारले लकडाउन भन्दिने बाहेक अर्थोक केही नगरेको अनुगमन समिति सदस्य एवम् कांग्रेस नेता  एनपी साउदको आरोप छ। 'सरकारले लडकडाउन यो त्यो भन्दिने तर काम नगर्ने प्रवृति देखियो, शैक्षिक गतिविधीहरु खोल्दिने मात्रै भन्ने तर सुरक्षाका उपायहरु केही पनि नगर्ने,' नेता साउदले भने । 

विद्यार्थी र शिक्षकलाई जोखिम नहुनेगरी विभिन्न मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्नुपर्ने त्यसका लागि सरकारले हरतरहको सुरक्षा दिन तयार हुनुपर्ने नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरको भनाई थियो। 

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देशब्यापी रुपमा सरकारले गरेको लकडाउनका कारण अस्तब्यस्त बनेको शैक्षिक क्षेत्रको समस्या समाधान गर्नका लागी अब सरकारले गम्भीर हुनुपर्ने उक्त छलफलमा सहभागी शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तीहरूको र शिक्षासँग सम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारीहरुको भनाई थियो । 
निजी विद्यालयबाट अर्बौ राजस्व उठ्ने भए तापनि सरकारले आफूहरुलाई वेवास्ता गरेको सरोकारवालाहरुको गुनासो थियो।


Leave a Reply

Your email address will not be published.