कस्तो रहला आगामी तीन दिनको मौसम?

कस्तो रहला आगामी तीन दिनको मौसम?

बितेको २४ घण्टादेखि लगातार वर्षा भइरहेको छ। मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको कारण देशभर भारी वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। 

त्यसले गर्दा नदीमा पानीको बहाव बढ्ने पहिरो जाने, भु–क्षय हुने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको निकास नभएको ठाउँमा डुबान पर्नसक्ने विभागले जनाएको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

सोमबार

दिउँसोः देशभर धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुने। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना।

मंगलबार

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुने छ भने  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिः  देशभर  हल्का देखि मध्यम वर्षा हुने। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका केही स्थानहरुमा साथै   सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार

दिउँसोः  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिःे प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केहि स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published.