सिंचाइ डिभिजनका सवइञ्जिनियर घुससहित पक्राउ

सिंचाइ डिभिजनका सवइञ्जिनियर घुससहित पक्राउ

बाराको कलैयामा रहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका सवइन्जिनियर गजेन्द्रप्रसाद जैसवालसहित दुई जना घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाले गजेन्द्र र चन्दन जैसवाललाई ८० हजार घुस रकमसहित पक्राउ गरेको हो।

नदी तटबन्धको जाली लगाउने काम सकिए पनि उनीहरुले रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गजेन्द्र घुस लिएर चन्दनलाई दिएर भाग्दै थिए। त्यतिखेर दुबै जना कलैया नगरपालिका-४ बाट  पक्राउ परेका हुन्। 


Leave a Reply

Your email address will not be published.