ढिस्को खस्दा काठमाडौंमा एक युवकको मृत्यु
काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिका-`१ गागलफेदीमा ढिस्को खस्दा एक युवकको मृत्यु भएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार आइतबार साँझ ढिस्को खस्दा स्थानीय २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो।
उनी नजिकै सत्तिघट्टा निस्किएका थिए। तर, लगातारको झरीसँगै ढिस्को खस्दा गुरुङको ज्यान गएको हो।