नेकपाभित्रको राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देशका लागि अत्यन्तै दुःखद: डा. काेइराला

नेकपाभित्रको राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देशका लागि अत्यन्तै दुःखद: डा. काेइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले संवैधानिक मर्यादा र संस्थाको गरिमाको ख्याल गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको आन्तरिक राजनीतिमा मुछिएपछि कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो।’

राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने उनको भनाइ छ।

‘पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि अत्यन्तै दुःखद हो,’ उनले भनेका छन्।
 


Leave a Reply

Your email address will not be published.