पाकिस्तानमा पबजी प्रतिबन्ध

पाकिस्तानमा पबजी प्रतिबन्ध

पाकिस्तानले लोकप्रिय मोबाइल गेम ‘पबजी’ प्रतिवन्ध गरेको छ। 

पाकिस्तान सरकारको स्वामित्व रहेको पाकिस्तान सञ्चार प्राधिकरण  पब्जीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। तर, यसको अन्तिम फैसला भने इस्लामाबाद उच्च अदालतले गर्नेछ। 

इस्लामाबाद उच्च अदालतले प्राधिकरणलाई पबजीमाथि प्रतिबन्ध लगाउनुको कारण र कानुनी प्रावधानबारे प्रस्ट पार्न भनेका छन्।

पाकिस्तानी टेली कम्युनिकेशन(पिटिआई) का वकिलले पबजीले बालबालिकाको शारिरीक मानसिक स्वास्थ्यमा असर गरेको र अन्य विभिन्न दृष्टिकोणबाट गैर–इस्लामिक रहेको कारण बन्द गर्न लागिएको बताएका छन्।

पब्जी गेमका समर्थकले पाकिस्तान सरकारको पब्जी बन्द गर्ने निर्णयको विरोध गरेका छन्।

बिबिसीका अनुसार पब्जी खेलमा लिप्त भइरहेका दुई जना युवाले दुई साताअघि आत्महत्या गरेपछि यो खेलमाथि प्रतिवन्ध लगाउने बारेमा बहस चलेको थियो। 

आत्महत्या गरेका युवाका आमाबाले उनीहरुलाई पब्जी नखेल्न आग्रह गरेका थिए। तर उनीहरुले मानेका थिएनन्। उनीहरुले आत्महत्या गरेपछि प्रहरीले पिटिआईसँग पब्जी बन्द गर्न आग्रह गरेको थियो।

पिटिआईले इस्लामाबाद उच्च अदालतमा पब्जीको कारण बालबालिकाको बानी व्यवहार बिग्रेको र समय बर्बाद भएको जिकीर गरेको छ।

पाकिस्तानले यसअघि सन् २०१३ मा कल आफ ड्युटी र मेडल अफ अनर र २०१७ मा वलकेरी ड्राइभ जस्ता मोबाइल गेम बन्द गरिसकेको छ। 
 


Leave a Reply

Your email address will not be published.