नारायणी नदीले खतरा तह पार गर्नसक्ने, सचेत रहन आग्रह

नारायणी नदीले खतरा तह पार गर्नसक्ने,  सचेत रहन आग्रह

नारायणी नदीले जलसतहको सतर्कता तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले सतर्कता तह पार गरेर ७ दशमलब ७ मिटर पानीको सतह पुगेको छ।

नारायणी नदीको सतकर्ता तह ७ दशमलब ३ मिटर हो। आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा  उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधारणलाई आग्रह गरेको छ।

८ मिटर पानीको बहाव पुगेमा नारायणी नदीलाई खतराको लेबल मान्ने गरिन्छ। खतराको लेवल पुग्नका लागि ० दशमलब २३ मिटर पानीको बहाव बढ्नुपर्नेछ।

यस्तै नारायणगढको पुल्चोकमा गरिएको मापनमा पनि सतर्ककता तहभन्दा माथि पुगेको छ। यहाँ ११ मिटरलाई सतर्कता तह भन्ने गरिन्छ। अहिले ११ मिटर नाघेर नारायणीको पुल्चाेकमा ११ दशमलब १२ पुगेको छ। 


Leave a Reply

Your email address will not be published.