दार्चुला पहिरो अपडेट : ७ घर पुरिए, ८४ बाख्रा, ३८ गाईगोरु मरे

दार्चुला पहिरो अपडेट : ७ घर पुरिए, ८४ बाख्रा, ३८ गाईगोरु मरे

भारी बर्षापछि दार्चुलाको नौगाड गाउँपालिका–६ परि गाउँमा आएको पहिरोमा परी ७ घर पुरिएका छन्, भने दुई घरमा पूर्णरुपमा क्षेति पुगेको छ।

गाउँको परी खोलामा अत्यधिक पानीसँगै आएको पहिरोका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर र एक जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले पहिरोमा पुरिएका ७ घरमा च्याप्पिएर हालसम्म ८४ बाख्रा, दुई घोडा, २५ गोरु, दुई बाच्छासहित ११ गाई मरेको जानकारी दिए।

पहिरोका कारण शिवराज खत्री, लोकेन्द्र खत्री, र दुर्गेस खत्रि गरी तीन भाइले संयुक्त रुपमा सञ्चालन गरेको बाख्रा फार्म भत्किएर ५१ बाख्रा तथा अन्य परिवारका ३३ बाख्रा मरेका प्रहरी नायव उपरीक्षक विष्टले बताए। 

पहिरोका कारण वडा नम्बर २ को नौगाड खोला, घट्टे खोला र खार खोलामा रहेका १० वटा पानी घट्ट, दुई चिया पसल र १ सय किलोवाटको नौगाड लघु जलविद्युत आयोजनाको प्रशारण लाइनमा विच्छ्याइएका १ सय २० विजुलीका खम्बा पनि बगेका सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीले बताए। 

आइतबार राती आएको भारी बर्षापछि धौलीगाड ठाडो खोलामा आएको बाढीले महाकाली राजमार्गसमेत अबरुद्ध रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.