नारायणीले खतराको तह पार गर्यो
नारायणी नदीको बहावले खतराको तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार खतराको तह नाघेर ८ दशमल ५४ मिटरमा पानीको बहाव पुगेको छ। देवघाटस्थित नारायणी नदीको खतराको तह ८ मिटर रहेको छ।
खतरा तह पुगेकाले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ। उद्धार गर्न परेमा नकिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासनमा सम्पर्क गर्न प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आग्रह गरे।
उनले जनधनको सुरक्षाका लागि आम नागरिकहरू क्रियाशिल हुन अनुरोध समेत गरे। सकेसम्म सुरक्षित स्थानमा गएर बस्न उनले आमनागरिकलाई आग्रह गरेका छन्।
यस्तै नारायणगढको पुलचोकमा गरिएको मापनमा पनि सतर्ककता तहभन्दा माथि पुगेको छ। यहाँ ११ मिटरलाई सतर्कता तह भन्ने गरिन्छ। अहिले ११ मिटर नाघेर नारायणीको पुलचोकमा ११ दशमलव ७३ पुगेको छ।