साउने सोमबारमा सुनसान पशुपति
उसै त पशुपतिको आँगन कहिले पो खालि हुन्थ्यो र? त्यसमाथि साउनका सोमबार।
कोरोना सन्त्रासले देशमा लकडाउन भएसँग पशुपति लगभग एक्लिएको छ।
साउन महिनाको पहिलो सोमबार पनि पशुपति लगभग सुनसानै रह्यो। फाट्टफुट्ट पुगेका श्रद्धालु पनि बन्द ढोकाबाटै पूजा गरेर फर्किए।
पशुपतिका सबैजसो ढोका बन्द गरिएका छन्। ती कहिले खुल्ने? भन्नेबारेमा अझैं केही निर्णय हुन सकेको छैन–