स्वयंसेवक शिक्षकका लागि हिमालयन बैंककाे पाँच लाख सहयाेग

स्वयंसेवक शिक्षकका लागि हिमालयन बैंककाे पाँच लाख सहयाेग

हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई स्वयंसेवक शिक्षक व्यवस्था लागि पाँच लाखको आर्थिक सहयाेग गरेको छ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई रकम हस्तान्तरण गरे।

हिमालयन बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शिक्षा प्रदान गर्ने ती स्वयंसेवक शिक्षककाे व्यवस्थापनका लागि टिच फर नेपाललाई सहयोग गरिएको हो।

‘एक दिन नेपालका सबै विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्’ नाराका साथ अघि बढेको टिच फर नेपालले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २ सय ७० स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ। ती शिक्षकले ३० हजारभन्दा बढी विद्यार्थीलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषय पढाइरहेका छन्।

हिमालयन बैंकले स्थापनाकालदेखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाका लागि, चेतनामूलक कार्यक्रममा सहयोग गर्दै आएको जनाएको छ।


Leave a Reply

Your email address will not be published.