सञ्चय कोषको ऋण कनेक्ट आइपीएसबाट तिर्न सकिने
हिमालयन बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कनेक्ट आइपीएसबाट रकम भुक्तानी गर्न सम्झौता भएको छ।
कर्मचारी सञ्चय कोषमा रकम जम्म्मा गर्दै आएका सञ्चयकर्ताले कोषबाट लिएको ऋणको सावाँ र व्याज भुक्तानी अब कनेक्ट आइपीएसबाट गर्न सक्ने भएका हुन्।
त्यसका लागि बैंकका वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका मुख्य व्यवस्थापक अर्जुनकुमार गौतमबीच हस्ताक्षर भएको छ।
बैंकले कोषसँगको उक्त सम्झौतापछि कोषका सञ्चयकर्तालाई लाभ पुग्ने विश्वास लिइएको छ।