सुनको भाउ घट्यो
नेपालमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ९२ हजार तीन सय सय कायम भएको छ। आइतबार सुनको भाउ ९२ हजार पाँच सय थियो।
त्यसअघि गत शुक्रबार सुन प्रतितोला ९२ हजार २ सयमा किनबेच भएको थियो।
चाँदी भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ। यससँगै सोमबार चाँदी प्रतितोला एक हजार रुपैयाँमा किनबेच भएको छ। चाँदी आइतबार १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।