हनुमन्ते खोलामा बाढी, स्थानीय बासिन्दा त्रसित 

हनुमन्ते खोलामा बाढी, स्थानीय बासिन्दा त्रसित 

निरन्तर अविरल वर्षासँंगै हनुमन्ते खोलामा बाढी आउन थालेको छ। खोलामा बाढी आउन थालेसँंगै खोला छेउछाउका बासिन्दा त्रसित हुन थालेका छन्। 

खोला छेउछेउछाउ घर, बस्ती, टहरा भएकाहरू आपतविपतमा पर्न थालेका हुन्।  विगतका वर्षमा पनि बाढी आउँंदा क्षति भोग्न बाध्य उनीहरू यो वर्ष पनि यस्तै हुने भयो भनी त्रसित हुन थालेका हुन्। 

भक्तपुरको सबैभन्दा ठूलो खोला हनुमन्ते हो। यसबाहेक पनि यहाँं अन्य खोला छन्।

प्रत्येक वर्षको बाढीले विशेष गरी हनुमन्ते आसपासका क्षेत्रलाई सताउने गरेको छ। हनुमन्ते खोलाका जगातीदेखि च्याम्हासिंहबीचको थुसाचादेखि सल्लाघारी मध्यपुर थिमि राधेरोधसम्मका बासिन्दालाई सताउने गरेको छ। 

गत वर्ष पनि बाढी कारण अन्यत्र सर्नुपरेको अनुभव सुनाउँंदै भक्तपुरको लिवाली निवासी अनुराधा ढुकुछुले भनिन्, ‘अविरल वर्षा र बाढीले यस वर्ष पनि त्यही हविगत हुने डर भएको छ।’
विशेष गरेर रातको समयमा सुतेर बस्दा ठूलो बाढी आएर घरभित्र पसिसक्ने र त्यसपछि घरभित्रै थुनिने चिन्ता उनले व्यक्त गरिन्। 

विगत वर्षमा विशेष गरेर हनुमन्ते खोला आसपासका बस्तीहरू क्रमशः लिवाली, हनुमानघाट, आदर्श, सूर्यविनायक, बाराहीस्थान, सल्लाघारी, अरनिको राजमार्ग अन्र्तगत राधेराधेलगायतका ठाउँं डुवानमा परेका थिए।

त्यसभित्र परेका लिवाली बस्ती, आदर्शमा रहेको सिद्धि स्मृति महिला तथा वाल अस्पताल, बाराहीस्थानस्थित शान्ति निकेतन मावि, सल्लाघारस्थित डा. इवामुरा मेमोरियल हस्पिटल डुबानमा पर्ने गरेका छन्।

यसबाहेक अरनिको राजमार्गअन्तर्गत सल्लाघारीदेखि थिमिसम्मैको राजमार्ग खण्ड नै पूरै डुबानमा परी ठूलो क्षति हुँंदै आएको छ। 
 


Leave a Reply

Your email address will not be published.