पृथ्वी राजमार्गमा पहिरो : त्रिशूलीमा चार सवारीसाधन पुरिए

पृथ्वी राजमार्गमा पहिरो : त्रिशूलीमा चार सवारीसाधन पुरिए

पृथ्वी राजमार्गमा सोमबार दिउँसो पहिरो जाँदा एउटा मिनी ट्रकसहित चार वटा सवारीसाधन त्रिशूली नदीमा बेपत्ता भएका छन्। 

अबिरल वर्षाका कारण बेनीघाट-रोराङ गाउँपालिका-१० मा पहिरो खस्दा सवारीसाधन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

पहिरोमा परेका करिब ६० जनाको सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता रुपक खड्काले बताए।

अरू सवारीसाधन के थिए भन्ने यकिन खुलेको छैन। पहिरो खस्ने क्रम जारी रहेकाले घटनास्थल उद्धारको काममा समस्या भएको प्रहरीले जनाएको छ। 
बेपत्ता भएका सवारीसाधन भेटिएका छैनन्।


Leave a Reply

Your email address will not be published.