कांग्रेसद्वारा महिला विभागमा ३८ जना नियुक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय महिला विभागमा ३८ जनालाई नियुक्त गरेका छन्।
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरूको मनोनयन गरिएको बताइएको छ।
देउवाले विभागमा एक सचिव र सदस्यहरू गरी ३८ जनालाई नियुक्त गरेका हुन्।