कुवेतबाट झापा आएका २५ महिलामा काेराेना संक्रमण  

कुवेतबाट झापा आएका २५ महिलामा काेराेना संक्रमण  

कुवेतबाट झापा आएका ४५  मध्ये २५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

जिल्लाका ३ सय १३ जना संक्रमितमध्ये कुवेतबाट आएका २५ महिला भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमित ३ सय १३ मध्ये २ सय ७९ जना धरान, विराटनगर र गोठगाउँबाट उपचारपछि निको भएर घर फर्केको जनाइएको छ।

झापाका ३४ जना अस्पतालमा उपचाररत छन्। जिल्लामा ९ हजार ६ सय ९९ जनाको पिसिआरको नमुना संकलन गरिएको छ। प्रदेश १ मा झापा पिसिआरका लागि नमूना संकलन गरिएको जिल्ला हो ।

झापामका ३ हजार ३ सय १० जनाको आरडिटी परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये ५७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ।


Leave a Reply

Your email address will not be published.