प्रदेश २ मा १०९ जनामा कोरोना पुष्टि
प्रदेश २ मा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका १०९ जनामा संक्रमण पुष्टि भएको हो। १०९ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार २४६ पुगेको छ।
सोमबार धनुषामा २०, महोत्तरीमा १०, बारामा ४६, सर्लाहीमा २२, सप्तरीमा ७ र पर्सामा ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
धनुषामा विदेह नगरपालिकामा ४, मिथिला विहारी नगरपालिकामा १२ र धनुषाधाम क्वारेन्टाइनका ४ जनामा संक्रमण पुष्टि भएको छ।
महोत्तरीको भंगहा नगरपालिकाका १, बर्दिवास नगरपालिकाका ८ र ठाउँ नखुलेको १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यसैगरी बाराको देवतल गाउँपालिकाका ३४, धनकौलका ६, सुवर्ण गाउँपालिकाका ३ र कलैया उपमहानगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीको ठाउँ नखुलेको २२ जनामा संक्रमण देखिएको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका, बलान विहुल गाउँपालिका, विसनपुर र हनुमाननगर कंकालिनी नगरपालिकाका १/१ तथा राजविराज नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ।
पर्साको त्रिजुद्ध स्कुल क्वारेन्टाइनका २ र वीरगंज महानगरपालिका मुरली र सिरसियाका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
सोमबार ६८ पुरुष र २ महिलासहित ७० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।