बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी 

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरू भएको छ। 

मन्त्रिपरिषदको नियमित कार्यसूचीअनुसार बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

सातामा प्राय: दुई पटक मन्त्रिपरिषद बैठक बस्ने नियमित कार्यसूची हो। 

साथमा कोरोना भाइरसको महामारीपछि जारी लकडाउनको मोडालिटीमा समेत छलफल हुन सक्ने बताइएको छ। 

पर्यटन मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान खोल्ने गृहकार्य गरिरहेको छ। सो बारे बैठकले निर्णय लिनसक्ने अनुमान गरिएको छ।


Leave a Reply

Your email address will not be published.