जनकपुरबाट हतियारसहित युवक पक्राउ
प्रहरीले जनकपुरबाट एक युवकलाई हतियारसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा नगरपालिका–८ बसतपुर घरभइ हाल जनकपुरधाम–८ बस्ने २१ वर्षीय सुनिल अधिकारी रहेको प्रहरीले जनाएको छ। अधिकारीलाई जनकपुरधाम–९ स्थित जानकी मावि अगाडीबाट प्रहरीले पक्राउ गरेका हो।
पक्राउ परेको अधिकारीको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पैदल हिंडेर गइरहेका उनलाई शंका लागि सादा पोशाकमा खटिएका प्रहरीले चेकजाँच गरेपछि एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
अधिकारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।