सबै व्यवसायी गाडी चलाउन तयार

सबै व्यवसायी गाडी चलाउन तयार

अब सबै व्यवसायीले सार्वजनिक यातायात चलाउने भएका छन्। सरकारले कार्यविधि बनाएर सुरक्षाका सबै उपायसहित यातायात चलाउन भनेपनि व्यवासायी तथा मजदूरहरुले मानेका थिएनन्। 

संगठित व्यवसायीहरुले चलाउन नमानेपनि केही कम्पनीहरुले भने गाडी चलाइरहेका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा सार्वजनिक यातायात व्यवसायी महासंघ तथा तिनमा अवद्ध यातायात मजदूर संगठनहरुले गाडी चलाउन मानेका थिएनन्।

विभागले सोमबार सबै यातायात व्यवसायी मजदूर तथा ट्राफिक प्रहरीसमेतलाई बोलाएर छलफल गरेपछि यातायात सञ्चालन कार्यविधिमा सहमति जुटेको हो। त्यसपछि केहीदिन तयारी गरेर उनीहरु गाडी चलाउन राजी भएका हुन्। 

छलफलमा यातायात मजदूरहरुको कोरोना बिमाका लागि सरकार र व्यवसायीले आधाआधा रकम दिने, कोरोनाका कारण मृत्यु भएमा मजदूरका परिवारलाई क्षतिपूर्तिका लागि सरकारले व्यवस्था गर्ने, सुरक्षा सामग्रीहरु व्यवसायीले दिनेलगायतका सहमति भएको छ। 

'हामीले भोलि पत्रकार सम्मेलन गरेर सबै कुरा जानकारी गराउनेछौं' यातायात व्यवसायी राष्ट्रिय महासंघका एक पदाधिकारीले भने 'हामीले दुईदिन तयारी गरेर बिहीबारदेखि गाडी चलाउनेछौं।' 

तर उनका अनुसार धेरै कुराहरु कोरोना नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गर्न बाँकी नै छन्। 'ती मागहरु तत्काल पूरा नहुनेजस्तो भयो भने हामीले गाडी तत्काल बन्द गर्छौं' उनले भने 'हामीले देशभर नै चलाउनपाउनुपर्छ भन्ने माग गरेका छौं। त्यसमा उच्चस्तरीय समितिले निर्णय गर्नुपर्नेरहेछ।'

तत्कालका लागि जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चल्नेछन्। अहिले व्यवसायीले प्रदेशभर चलाउन पाउनुपर्ने माग गरिरहेका छन्। 

 

र, याे पनि

‘सार्वजनिक’ यातायात : सरकारले 'भाउ' दिँदा मात्तिएका व्यवसायीहरू 


Leave a Reply

Your email address will not be published.