प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन- ‘नचुक्नु, नझुक्नु’

प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन- ‘नचुक्नु, नझुक्नु’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुन कार्यान्वयनमा  नचुक्न र नझुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल पुलिस क्लव भृकुटीमण्डपमा सोमबार महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन्। 

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक हुने उनको भनाइ थियो। ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ’ उनले भने। 

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले लकडाउन खुलेपछि हुनसक्ने अपराधजन्य घटना नियन्त्रणप्रति सचेत हुन पनि निर्देशन दिए। 


Leave a Reply

Your email address will not be published.