भदौदेखि हवाई उडान सुरु हुने, लकडाउन थप खुकुलो पारिने

भदौदेखि हवाई उडान सुरु हुने, लकडाउन थप खुकुलो पारिने

सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान सुरु गर्ने भएको छ। पाँच महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। 

'भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय भएको छ' संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने 'सामाजिक दूरीलगायत सुरक्षाका अन्य सबै उपायहरु अपनाइनेछ।'

सरकारले गत चैत ५ गतेदेखि गर्दै आएको लकडाउन साउन ७ गते सकिँदै छ। त्यसपछि सरकारले चरणवद्ध लकडाउन सुरु गर्ने तयारी गरेको छ। 

सरकारले अहिले जारी लकडाउन सकिएपछि चरणवद्ध रुपमा विद्यालयहरु, कलेज, सिनेमाहललगायतका केही क्षेत्रमा बन्द कायमै राख्ने र विस्तारै अन्य क्षेत्र खुकुलो गर्दै जाने रणनीति लिएको छ। 


Leave a Reply

Your email address will not be published.