कास्कीको घारेढुंगामा सबैभन्दा बढी वर्षा, २४ घन्टामा कहाँ कति पानी पर्‍यो?

कास्कीको घारेढुंगामा सबैभन्दा बढी वर्षा, २४ घन्टामा कहाँ कति पानी पर्‍यो?

 मनसुन फेरि सक्रिय भएसँगै मुलुकभर वर्षा भएको छ।

 मुलुकमा २ सय २२ वर्षा मापन केन्द्र रहेकामा पछिल्लो २४ घन्टामा १ सय ९८ केन्द्र रहेकाे क्षेत्रमा पानी परेको तथ्यांक छ।

जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा बढी वर्षा कास्कीको घारेढुंगा केन्द्रमा मापन भएको छ। त्यहाँ १ सय ६९ मिलिमिटर वर्षा भएको तथ्यांक छ।

यसैगरी, नवलपरासी पूर्वको डाँडामा १५७ ८  तथा बाराको कोल्भीमा १५६ मिलिमिटर वर्षा मापन भएको छ।

सप्तरीको बर्मझिायामा १४३, महोत्तरीको जलेश्वरमा १३५.२, दार्चुलामा ११९.४, झापाको कन्काइमा ११९, डडेल्धुराको गैबाडेमा ११६, सिराहामा ११४.८, तनहुँको स्याम्घामा ११२.८ र  हेटौंडामा १११.४ मिलिमिटर वर्षा मापन भएको छ।

२४ घन्टामा ३ वटा केन्द्रमा एक सय ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ, भने  २३ वटा केन्द्रमा १ सय मिलिमिटरभन्दा बढी पानी परेको तथ्यांक छ। 

यसैगरी, ८७ वटामा ५० मिलिमिटरभन्दा बढी, १ सय ३१ मा २५ लिमिटिरभन्दा बढी र १ सय ५६ मा १० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।
यो मापन साउन ४ गते बिहान ८ः ४५ देखि साउन ५ गते बिहान ८ः ४५ सम्मको हो।

न्यूनचापीय रेखा फेरि नेपाली आकाश माथि आएर बसेकाले देशभर वर्षा भइरहेकाे हाे। वर्षा अझै पाँच दिनसम्म जारी रहने अनुमान छ। यसअघि असार अन्तिम साता करीब चार दिन भारी वर्षा भएकाे थियाे। तर न्यूनचापीय रेखा तराईदेखि दक्षिणतिर गएपछि वर्षा केही दिन थामिएकाे थियाे।


Leave a Reply

Your email address will not be published.