तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, ८ परिवार विस्थापित

तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, ८ परिवार विस्थापित

तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका-९ सिमगैराकी ८० वर्षीया तिलमाया धराली र १७ वर्षकी त्रिप्सा धराली छन्। 

मृतक तिलमाया हजुरआमा र त्रिप्सा नातिनी हुन्। सोमबार दिउँसो साढे दुई बजे स्थानीय महेन्द्र धराली र आडैमा रहेको उनका भाइको घरमाथि पहिरो खसेको थियो। 

बेपत्ता भएकी त्रिप्साको उपचारको क्रममा र तिलमायाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। 

८ परिवार विस्थापित

भारी वर्षाले घरभन्दा मुनि पहिरो खस्दा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा ८ परिवार विस्थापित भएका छन्। 

प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रबाबु अधिकारीका अनुसार जोखिममा रहेका ८ घरका ३६ सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ। 

सबैलाई स्थानीय शुक्ला आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको डिएसपी अधिकारीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.