नेपालगञ्जका छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

नेपालगञ्जका छात्रा विद्यालयमा भेन्डिङ्ग मेसिन

नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा महिनावारीका समयमा छात्राहरूलाई सहज होस भनेर भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन ) राखेको छ। 

नेपालगञ्जको सरस्वती मावि र छात्रा मावि सल्यानीबागमा नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले दुबै विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मेसिनको उद्घाटन गरिन्। 

छात्राहरूको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेसिन स्थापना गरिएको उनले जानकारी दिइन्। क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिने उनले बताइन्।  किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने उपप्रमुख थापाको भनाई रहेको छ। 

महिनावारी भएको समयमा छात्राहरूले आफूसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए। 

बाँकेमा सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन स्थापना गरिएको पहिलो पटक हो। प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेसिन राख्ने तयारी छ। 

सरस्वती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र बर्नवाल, प्राचार्य सुरेशकुमार परसैला, शिक्षिक कोपिला अधिकारी, मावि सल्यानीबागका प्रधानाध्यापक बुधेशकुमार जयसवाल, परामर्शदाता किरण आचार्य लगायतले भेन्डिङ्ग मेसिनले विद्यालयमा छात्राहरूको निरन्तरतालाई सहयोग पुग्ने बताए।


Leave a Reply

Your email address will not be published.